बैतडी- स्थानीयतह सस्थागत क्षमता स्वमुल्यांकन सम्बन्धी एक दिने अन्तरकृया सम्पन्न भएको छ ।
जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत र प्रतिनिधिहरु संग अन्तकृया गरिएको थियो ।
अन्तरकृया कार्यक्रममा बोल्दै जिल्ला समुन्वय समिति बैतडीका प्रमुख खगेन्द्र धामीले जनप्रतिनीधिहरुले सबैलाई देखिने गरी समान तरिकाले काम गर्नुपर्ने बताउनु भयो ।
गाउँपालिका तथा नगरपालिकाहरुको विचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्प्रधात्मक सुधारमा अग्रसर गराई स्थानीयतहलाई सक्षम र प्रभावकारी वनाउन सहजीकरण गर्ने उद्देश्यले अन्तरकृयाको आयोजना गरिएको जिल्ला समुन्वय समिति बैतडीका निमित्त समुन्वय अधिकारी नरेन्द्र अवस्थीले बताउनु भयो ।
अन्तरकृया कार्यक्रम प्रादेशिक सुशासन केन्द्र पुन्ना डोटीको सहयोग र जिल्ला समुन्वय समिति बैतडीको आयोजनामा गरिएको थियो ।