यति एअरको विमान दुर्घटना, ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

मेलौली न्यूज 
माघ ०१ आईतबार,२०७९ 

कास्की–सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा रहेको गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

Leave A Reply

Your email address will not be published.