इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसको बराबरी

मेलौली न्यूज 
माघ ५ बिहिबार, २०७९ 

काठमाण्डौ–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा युनाइटेड र क्रिस्टल प्यालेसले एकरएक गोलको बराबरी खेलेका हुन्।

ब्रुनो फर्नान्डेसले खेलको ४३ औँ मिनेटमा गोल गरेपछि अग्रता लिएको युनाइटेडले अन्तिम समयमा गोल खायो । क्रिस्टल प्यालेसका मिचेल ओलिसले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यो बराबरीसँगै युनाइटेडको १९ खेलमा ३९ अंक भएको छ।

युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस २३ अंकका साथ १२ औँ स्थानमा छ।

Leave A Reply

Your email address will not be published.