मेलौलीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

दिपक राज दिर्घायु 
माघ ०७ शनिबार,२०७९ 

बैतडी-मेलौलीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। यहि माघ २०,२१ र २२ गतेदेखि प्रतियोगित सञ्चालन हुने शिक्षा, युवा तथा खेलकुद शाखा मेलौली नगरपालिकाले जनाएको छ।

नगरपालिका भित्रका १२ ओटा माध्यमिक विद्यालयको सहभागिता रहने गरि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने शनिबार एक सुचना जारि गर्दै जनाईएको छ। सम्पूर्ण विद्यालयहरुलाई आवश्यक पूर्वतयारीका लागि अनुरोध गरिएको छ ।

साथै प्रतियोगिताको बारेमा विस्तृत जानकारी माघ ९ गते गरिने समेत बताईएको छ।

Leave A Reply

Your email address will not be published.