आज शहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

मेलौली न्यूज 
माघ १६ सोमबार,२०७९ 

काठमाडौं । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज ९सोमबार० विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने चलन रहेको हो । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने ४ जना शहिदले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाउने गरिएको हो ।

शुक्रराज शास्त्रीलाई वि।स। १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो । यिनै महान सपुतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिएको हो ।

त्यसपछि विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा मारिएकाहरुलाई पनि शहिद घोषणा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.