मेलौली न्यूज
माघ १७ मंगलबार, २०७९
काठमाण्डौ-नेपाल क्रिकेट सङ्घ ९क्यान० को बोर्ड बैठक आज बस्दैछ। बैठक पोखरामा बस्न लागेको हो। यो बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ।
मुख्य एजेण्डा नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ। सन्दीपको फुकुवा गर्ने एजेण्डामा क्यानको आलोचना पनि हुँदै आएको छ।
राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा पनि छलफल हुनेछ।