डडेल्धुराको भागेश्वरमा सुशासन र जवाफदेहिता सम्बन्धी कार्यक्रम सम्पन्न

बैतडी । डडेल्धुराको भागेश्वरमा सुशासन र जवाफदेहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय निकायका कर्मचारीहरुको सुशासन र जवाफदेहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले जानकारी दिए।

भागेश्वर गाउँपालिकाको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। जनप्रतिनिधि र कर्मचारीहरुलाई शुसासन र जवाफदेही बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको भारतीले बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्ला अदालत डडेल्धुराका जिल्ला न्यायधिश बालकृष्ण वाग्ले, गाउँपालिका अध्यक्ष हेम राज चटौत र उपाध्यक्ष पुष्पा ठकुराठी लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.