नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले स्व.नेम्वाङको निधनले स्तब्ध भएको बताउँदै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।