पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५ ओभरमा झारियो

काठमाण्डौ – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५–४५ ओभरको हुने भएको छ ।

वर्षाका कारण ५० ओभरको खेललाई ४५ ओभरमा झारिएको हो । जसअनुसार टस सवा ५ बजे हुनेछ भने साढे ५ बजेपछि खेल शुरु हुनेछ । ४५ ओभरको खेलमा पहिलो पावरप्ले ९ ओभरको, दोस्रो पावरप्ले २७ ओभरको र तेस्रो पावरप्ले ९ ओभरको हुनेछ ।

यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । भारत यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार कोलम्बोमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.