जन्मदिनको अवशरमा पत्रकार ध्रुबद्धारा शैक्षिक सामाग्री वितरण

बैतडी । आफ्नो जन्मदिनको अवसरमा युवा समाजसेवी एवम् पत्रकार ध्रुब किरण भुलले बैतडीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन्। सिगास गाउँपालिका०२ स्थित अर्जुन माध्यमिक विद्यालयमा उनले शैक्षिक सामाग्री वितरण गरेका हुन्। टुहुरा बालबालिकालाई शैक्षिक सामग्री विद्यालयमै पुगेर आज वितरण गरेको भुलले बताए।

अध्ययन गरेको विद्यालयको माया र अहिले अध्यनरत विद्यार्थीको उज्ज्वल भविष्यमा टेवा पुगाउने उदेश्यले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको उनले बताए। उनले दस जना टुहुरा बालबालिकालाई कापी,कलम र पेनसिल प्रदान गरेका छन।

भुल भन्छन् पछिल्लो समय जन्मदिन मनाउने शैली फरक फरक छन मैले आफ्नो इच्चा अनुरूप भाइबहिनीहरूलाई सानो सहयोग गरेर मनाए।यस्ता कार्यहरुले हरेकले आफ्नो जन्मदिनको अवसरमा गरिने अत्याआवश्यक खर्चहरु तथा विदेशी शैलीमा मनाईने जन्मदिनलाई न्युनिकरण गर्ने किरणले बताए।

Leave A Reply

Your email address will not be published.