बैतडी । गायक तथा सर्जक रमेश बिबसको नयाँ देउडा गित “लाल चुनरी” सार्वजनीक भएको छ। आईतबार सुदूर धमाका युटूब च्यानलबाट भिडियो सहित गित सार्बजनीक भएको हो।
गितमा गायक रमेश बिबस सगै देउडा गायिका गौरी भट्टको स्वर रहेको छ। ज्ञानु पार्किको शब्द रहेको गित मधुवाला रेकर्डिङ स्टुडीयोमा रेर्कड गरिएको हो। गायक बिबसको संगित रहेको गितको एरेन्ज र मिक्सीङ दिपक सगंम बिसीले गरेका हुन।
ब्याङलोरको जीग्नी एलेक्टोनीक सिटीमा छायाकंन गरिएको भिडियोमा मदन बोहर र झरना बोहराको सुन्दर अभिनय रहेको छ। राजु बिष्टले खिचेको भिडियोलाई गायक बिबसले निर्देशन गरेका हुन भने कमल थापा बिबेकले एडिट गरेको गायक बिबसले बताए।
गितलाई माया गरिदिन गायक बिबसले सबै स्रोता तथा दर्शकहरुलाई आग्रह गरेका छन।