बझाङ -बझाङमा भूकम्पको झट्काले घरमाथिको स्लेट खसेर एक वृद्ध घाइते भएका छन्। आज बिहान ११ः४५ मा गएको भूकम्पले घर छाएको स्लेट खसेर आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन्।
बझाङ मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आज आएको भूकम्पको धक्काले घर छाएको पत्तर खसेर उनी घाइते भएका हुन्। उनको हातमा चोट लागेर नशा च्यातिएको मष्टा–४ का वडा अध्यक्ष उत्तम जोशीले बताउनुभयो । उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेतमा रेफर गरिएको छ।