बैतडी-मेलौली नगरपालिका वडा नम्बर ७ काँडामा रहेको मणिलेक माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोमबार एक भेलाका बीचमा सर्वसम्मत रुपमा विद्यालयको शिक्षक अभिभावक संघ गठन गरिएको हो।
भेलाले सुरेन्द्र सिंह भाटको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।उक्त समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, महिला र अभिभावक सदस्य रहन्छन ।
उक्त समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक देव दत्त कलौनी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सिंह भाट सदस्य छन । यस्तै अन्य सदस्यहरुमा कुसुम भटरट, चन्द्रप्रकाश ओझा, गणेश दत्त भट्ट गजी पोखरेल,वीर बहादुर चन्द, संजा पार्की,जुनकीडी चन्द रहेका छन ।
विद्यालयका प्रधानाध्यापक कलौनीले समितिमा एक जना शिक्षक प्रतिनिधिलाई थप्ने गरी अन्य सदस्यलाई पूर्णता दिइएको जानकारी दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष भाट विद्यालयको पठनपाठन तथा गुणस्तरीय शिक्षाको लागि कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन ।उक्त समितिले विद्यालयको शैक्षिक विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने अभिभावकहरुले अपेक्षा गरेका छन ।