दुःख,सुख र जीवन के हो?

जीवनको परिभाषा धेरै विद्धानहरु र व्यक्तिहरुले विभिन्न किसिमहरुबाट व्याख्या गरेको पाइन्छ ।तर मेरो व्यक्तिगत विचार अलि फरक छ ।मेरो विचारमा जीवन भनेको तपाई हाम्रो वर्तमान तत्काल सोच सोचाई अनुसार कुनै पनि क्रियाकलाप गर्नु नै जीवन हो।
हिजो के भयो ।भोली के हुन्छ । त्यो सोच्नु जीवन होइन । तर आज हामी कुन ठाउँमा, कुन अवस्थामा के सोचेर के गर्दैछौ त्यही जीवन हो । वर्तमान अवस्थामा यदि हामीले सकारात्मक र राम्रो सोच र त्यही अनुसारको आनन्द, खुशी र रमाइलो अनुभव गर्दछौं। चाहे हाम्रो वरिपरि जतिसुकै नराम्रो कुराहरु वा घटना घटोस । किनकी सत्य त्यही हो कि तत्काल त्यति बेला हाम्रो दिमागले के सोच्छ र हाम्रो शरीरलाई के गर्न लगाउँछ ।
हो, त्यहि वर्तमान अवस्थामा हामीले गर्ने क्रियाकलाप नै जीवन हो । जस्तै तपाईं हामीहरुले पनि प्रत्यक्ष धेरै अनुभव गरेको कुराहरु हो यो कि हामीहरु कतिपय हाम्रो मरेका मान्छेहरुको मलामी जान्छौं । (ती मरेका व्यक्ति हाम्रो नजिकका नाता, आफन्त, छरछिमेकी वा साथीभाई हुन्छन) अनि हेर्नुस त त्यतिबेला हामीहरु के गर्छौं रु कति रुन्छन, कति निन्याउरो अनुहार लगाएर बस्छन, कति लास नजलाई घर फर्किन हतारिन्छन, कति अलि टाढा बसेर गफ गर्दै हाँसिरहन्छन, कति विशेष कारण बस रिसाई रहेका हुन्छन त कति लासलाई छोडेर आफ्नो भोक मेटाउन वरपर लाग्छन ।
के मृत्यु मानव जीवनमा घट्ने सबै भन्दा ठूलो दुःख (शोक) र घटना होइन र ? तर पनि किन सबै (मानिसहरु) रुँदैनन त? किन सबै दुःखी हुँदैनन त रु किन लासलाई हतार हतार जलाएर फर्किन खोज्दछन त रु किनकी त्यो हामीहरुको त्यति बेलाको तत्काल सोचको परिणाम (नतिजा) हो । त्यसैले जीवनमा न दुःख छ न सुख छ । छ त केवल तपाई हाम्रो तत्कालिन सोचले गर्ने र गराउने क्रियाकलाप मात्र ।
हो कतिपय मानिसहरु जीवन भनेको जन्मदेखि मरणसम्म भोग्ने अनुभवहरु (कार्यहरु) भन्छन । तर म भन्छु त्यो त केवल हामीले मन सन्तोष गर्न गरिने व्याख्या मात्र हो । किनकी भविष्य कुनै पनि व्यक्तिले देखेको हुँदैन, त्यो त खाली हामीले विगतका दिनहरुलाई अन्य व्यक्तिलाई हेरेर गरिने अनुमान मात्र हो ।
कतिपय मानिसहरु जीवनको बारेमा सोच्दछन कि जीवन भनेको सुख हो र जीवन भनेको दुःख हो ।

सुख भनेको के हो ? सुख केलाई भन्ने ? दुःख के हो ? दुःख केलाई भन्ने
सुख भनेको धन, सम्पत्ति, पैसा, सत्ता, परिवार वा सुविधा सम्पन्न व्यक्तित्व हो । यदि हो भने गौतम बुद्धले किन यी सब कुराहरुलाई त्यागी शान्तिको खोजीमा जंगलतिर लागे ?”दुःख भनेको अभाव, गरिबी, एक्लोपन अनि अपांग शरीर हो भने कसरी स्टिफन् हाँकिन्स चर्चित वैज्ञानिक भए त ?
मेरो विचारमा दुःख भनेको खाली एउटै कुरा मात्र छ त्यो हो तपाई हामीले रोगव्याद वा घाउचोटबाट पाउने शारीरिक पिडा। नत्र त्यो बाहेक अरु जति पनि हामीहरुले भन्ने गरेका दुःख भनेको मात्र हाम्रो सोचाई (सोच) हो । त्यसैले तपाईंहरु पनि जहिले खुशी र आनन्दित हुन चाहनुहुन्छ भने आफ्नो स्वास्थको राम्रोसँग हेरविचार गर्नुस अनि जुनै ठाउँ, परिवेश वा अवस्थामा भएपनि खाली सकारात्मक र राम्रो राम्रो कुराहरु मात्रै सोच्नु अति जरुरी छ । यही हो, तपाईका तत्कालिन सकारात्मक सोच नै तपाई सुखी जीवन हो ।तपाईका सुख हो । तपाईंले खोज्नु भएको आनन्द हो र अनि यही हो बुद्धले देखाउनुभएको बाटो ।
यदि त्यो कारण राम्रो होस वा नराम्रो, हामीले त्यस कारणलाई सकारात्मक तरिकाले सोचविचार गर्ने हो भने जो कोही पनि त्यस घटनाबाट हुने प्रतिक्रिया बाट पार पाउन सकिन्छ । मुक्त हुन सकिन्छ ।सोच बदल्नुस अनि सधैं खुशी र रमाइरहनुस। बाँकी तपाईंहरुको इच्छा ।
किनकी चाहे देश सर्वसम्पन्न हुने कुरा होस या सर्वसाधारण नागरीक नै किन नहोस। यदि जबसम्म गौतम बुद्धले देखाउनु भएको चार आर्य सत्यलाई व्यवहारमा पालन गर्न सक्दैनन न त हामी नागरीक सर्वसम्पन्न हुन्छौं न त देश नै सर्वसम्पन्न हुन्छ। आज जापान किन सर्वसम्पन्न छ, तपाईंहरुलाई थाहा छ ?
गीताको थप हरफ यो पनि थियो–हामी जीवनका हरेक समय सफलता खोज्दछौं । जो सँग सकारात्मक सोच छ ।ऊ नै सफलताको शिखर चुम्ने हो ।जो सँग सकारात्मक सोच छैन ।उसले अरुको प्रगतिमा खोट देख्ने हो, द्धेष पैदा गर्ने हो, ईश्र्याका खेती चलाउने हो । हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच्नु हो ।सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र ऊर्जा सिर्जना गर्दछ ।’’
जीवनमा सफलताको मूल सूत्र नै सकारात्मक सोच नै हो ।यसकारण आफ्नो कर्म सामाजिक अभियानका रुपमा बुझेर पनि पत्रकारितामा लाग्नेहरु प्रति माया लाग्छ । सद्भावका मनहरु जाँगरिला हुन्छन ।सत्कर्ममा भएका पात्रहरुको संगतिले आत्मविश्वास ओझिलो हुन्छ ।सेवा अनेकथरी होलान, रकमले गर्न नसकेको सेवा कलमले गरिरहेको दरिलो अनूभूति छ ।सायद यसमा आफू पनि प्रतिवद्ध छु।
तर अर्को सत्य यो पनि हो, जहाँ चिन्तन खराब छ ।सोच नकरात्मक राखिन्छ । त्यहाँ कलह हुन्छ, डाहा पैदा हुन्छ, झञ्झट उत्पन्न हुन्छ, मैखाउँ मैलाउँ भन्नेहरुको मारामार हुन्छ ।चेतना भ्रष्ट हुन्छ। मानवीयताको मूल्य कटौती हुन्छ । विचरो एकधरो आत्मसम्मान समेत दुब्लाउँदै जान्छ । त्यस्तो संगत जीवनका लागि उपर्युक्त र स्वीकार्य थलो होइन होला ।ढिलो चाँडो विसर्जनतिर जानै पर्दछ। त्यसैले हामी त जीवनको उर्जाका लागि नकरात्मकता सँग पौठेजोरी खोजेर बेकार लडाई लड्दै समय बर्बाद गरिरहेका हुनेछौं ।त्यो आवश्यक छैन ।नकरात्मकतालाई चिर्ने र हरेकका जीवनमा सफलताको खातिर सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ ।समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ ।हरेक व्यक्तिको सफलता अरूको हातमा छैन, आफ्नै मन मष्तिष्कमा छ ।मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ ।
सकारात्मक सोंच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ। यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्दै जान्छ ।दिन दुई गुणा, रात चौगुना ।सकारात्मक सोचको मुहान हामी आफैँ हौ, मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान समुन्द्र बनाऔं।
सकरात्मक चिन्तन हामी बीचमा हराएका कारण आज हाम्रा मनहरु निराशावादी भएका छन । निराशाका कारण हाम्रो आफ्नो सोंच समेत त्यस्तै बन्दै छन । महान विद्धान चर्चिलको भनाई याद छ–निराशावादी मनले हरेक अवसरमा समस्या देख्छ, तर आशावादी मन भने हरेक समस्यामा अवसर देख्छ ।’’ हाम्रा बीचका समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर अन्तरमनको चिन्तनले पैदा गरेको सोचाई हो ।भनिन्छ–समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ । जीवनको यात्रामा यसरी नै विगत वित्यो, अझै यात्रा त्यतैतिर छ ।जीवनका अनेकन मोडमा सहकार्य, सहभावना र आत्मियता जोड्नेहरुको बढी याद आउँछ । हरेक सत्यवादीले उनीहरुलाई सधै सम्झनु पर्दछ ।धेरैले जीवनमा सकरात्मक उर्जा दिनेहरुलाई भुलेर, आस्था पूजा गरेका भेटिन्छन ।मेरा पेशा र कर्मले मलाई जसरी जीवनमा उर्जा भरिदिन्छन, अपेक्षा यही हुन्छ–सबै मेरो कर्म मिल्नेहरुलाई अझै चम्किलो जीवन प्रदान होस । सत्यमा साक्षी बस्नेहरु जो मनभरी छन । उनीहरुको उपहार आजको दिनको जीवन बुझेको छु ।जन्मदिने बाबा, आमा, कर्म खाने परिवार, स्यावासीमा अनुहार चम्काउने नातेदार, आफन्त र साथीभाई, गल्तीमा निधार खुम्च्याउने सोझा साझेदारहरुबाट ठूलो उर्जा प्राप्त हुन्छ ।कतिलाई अनुहारले चिन्दिन, कतिलाई नातापाताले जान्दिन ।तर,कर्मको सम्बन्धले जो जहाँ नजिक भए पनि उहाँहरुले देख्दा बोलाउने बोली, टाढैबाट हल्लाएका हातहरु र अझ टाढा–टाढाबाट कर्मको माध्यमबाट सम्झेर बसेका मनहरु ऋाज सम्मको यात्रामा जे जति जोडें, अन्तरमनमा गहिरो स्पर्शले पाएको प्यार ठानेको छु ।आत्मकथाले, जीवनको चौबाटो साँघुरो जस्तो देखायो होला ।किनकि कथाहरु यस्तै हुन्छन्, कति प्यारा हुन्छन कति अप्ठ्यारा पनि हुन्छन् । अध्यारोलाई विक्षिप्त बनाउन कसैको कथा आवश्यक छैन र हुँदैन। तर, कथाले अध्यारोलाई प्रकाश दिन सकोस् भरोसा यसमा राखौं ।साथका लागि सम्बन्धहरु, कर्मका कर्मठहरु, यात्राका यात्रुहरुको जस्तो झिनो साइनो त हुँदैन । अझ कठीन जीवनका पलहरु जो जसले भोग्छन्, सामना गर्छन्, समस्यालाई समस्या ठान्दैनन, यात्राको गोरेटो सम्झेर सहर्ष स्वीकार गर्छन् ।उनीहरुको मात्र जीवन जिउने हक हुन्छ। बरु सजिलोमा पर सरेर बस्छु, अप्ठेरोमा आफै काँध थाप्ने छु । मैले जीवन कालमा मिलाएको यही सबैभन्दा ठूलो हिसाव हो । काँधको भारीले जीउ च्यापिदा हाँस्नेहरु, भोको पेट बस्दा गरिब, दरिद्र भनेर आशिर्वाद दिनेहरु अझै बढेर जाउन, उनीहरुबाट धेरै शिक्षा, दिक्षा लिनु छ ।चेतनाका हिसावले के ठीक के बेठीक सबै थाहा पाउने भएकै हो ।कहाँ कसले के भन्दा राम्रो भन्यो रु कसले कहाँ नराम्रो जान्ने भएकै छ।
सकरात्मकता र नकरात्मकता जीवनका दुई सिक्काका पाटा हुन । सायद सबै कुरा जीवनमा सकरात्मक हुदैनन। त्यसकारण होला, तुच्छ विचार प्रकट गर्नेहरुलाई माला लगाएर राख्ने क्षमता अझै विकास भएको छैन । नियत राखेर कसैको कूभलोमा भैलो खेलेको पनि छैन ।संगतिहरुलाई यो पेशामा लागेकाहरुलाई यस्तो घृणित र अपहेलित खेलमा फस्ने कुचेष्टा नगर्न सुझाउन सक्नु । नकरात्मक चिन्तनमा हाजिर भएको समाजमा कहिलेकाही त्यस्तै पात्रहरुको संगतले, उस्तै व्यवहारहरु जीवनमा प्रकट भएका होलान, त्यस्ता अञ्जान विगतप्रति क्षमायाचना व्यक्त गर्न सिक्नु छ ।यात्रा सबैको सरल छ । सहजता त निर्माण गरेर हुने कुरा हो । अनेकन कुरा बोलेर समस्याका समाधान हुन्छन ।

सही र सत्य बोलेर सोंचेर कसैको जीवनमा बेफाइदा पनि छैन । अरुको घातक बन्नु पनि छैन । कसैका स्वार्थका लागि न उचालिनु छ, न पँधारिनु छ। चर्चा आफ्नो भएन भनेर गिथोलिनु छैन । कसैले सोधेन, पुछेन भनेर हामी विथोलिनु पनि छैन ।
जीवन संघर्ष हो ।संघर्ष नै हो भनेर विना काम केराको बोटमा सुरेली खेलेर जीउनुमा पनि खास औचित्य देखिदैन । बेसार पहेंलाका लागि हो, कोट्याएर पहेलो रहेछ भन्दै परिचय बाँड्नु पनि बेस्सी फुर्सदकै काम हो । पत्रकारिता कर्मपाटामा सिकाई सबैका छन र हुनुपर्दछ । तर खोटपूर्ण कर्म सिकेर बिक्नुको मूल्य पनि छैन। यो सधै सम्झनु पर्दछ । बरु एक हिसाव गर्दा बिग्रियो त्यो पाना च्यातौं, पुरै हिसाव बिगारेर, निसाफ नच्यातौं ।जीवन जिउँदा सम्मको मात्र होइन, मरेपछि पछिल्ला पुस्ताको पनि हक हो ।किनकि व्यक्ति निजी होला, कर्मको फल पनि निजीकरण गरौंला तर सामाजिक उत्तरदायित्व सँग जोडिएका हामी कर्मशील व्यक्तिहरु जो जहाँ छौं, हामीले समाजमा पु¥याएको सानो भए पनि सकरात्मक योगदान, कर्म त्यसको प्रतिफल र असरहरु सामाजिक मुल््य मान्यता भित्रका हुन ।
मानिसको आ–आफ्नो गुण हुन्छ । रिसाउने, झगडा गर्ने, झर्किने तर यसो गर्नाले आफंैलाई रोगी बनाउँदछ । सबैसँग खुसी भएर मिलेर हातमा हात र साथमा साथ लिएर केही गर्नसकेमा मात्र मानिसले आफ्नो सोचाइलाई सकारात्मक रुपमा क्रमिक बिकास गर्न सक्दछ । मानिसको विचारबाटै चरित्रको निर्माण हुन्छ । विचार, ईच्छा र कर्म मिलेर नै मानिस सुख, दुःखको कारण बन्छ । सकरात्मक सोचाइमा जीउन मानिसको चालचलन, व्यक्तिगत बोली व्यवहार उर्वरायुक्त हुन्छ ।
सकारात्मक सोच राख्न सक्नु चाही पर्छ। सकारात्मक सोच नै सफलताको पहिलो खुड्किलो पनि हो।
लेखक सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहर्जका स्टेशन म्यानेजर हुनुहुन्छ ।
सम्पर्कः९८४८८८८६८६

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!