आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ। सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ। राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ।
आइतबार पनि मौसम सफा नै रहनेछ। पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।