पत्रकार महासंघको चुनाव: कसले कहाँ जिते?

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको नतिजा सार्वजनिक भइरहेको छ। शुक्रबार मतदान सकिए लगत्तै कतिपय मतगणना सुरु भएको थियो। केन्द्रीय निर्वाचन समितिले नतिजा आइरहेको तर एकीकृत गर्न बाँकी रहेको जनाएको छ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल परिणाम आउनेक्रम जारी रहेको बताउँछन् । चुनावमा प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेका थिए। प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार १५ जिल्ला अध्यक्षमा सेन्टर समर्थित उम्मेदवार विजयी भएका छन्। तीन वटा प्रदेशमा सेन्टर समर्थित उम्मेदवार विजयी भएका छन्। सेन्टर समर्थित उम्मेदवारले बागमती प्रदेश, एशोसिएट प्रदेश र उपत्यका प्रदेशको नेतृत्वमा जित हात पारेको हो।

पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको अध्यक्षमा रोयल आचार्य विजयी भए। बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर र उपत्यका प्रदेश अध्यक्ष टेनिस रोकाले विजय प्राप्त गरे। काठमाडौं उपत्यकाबाट केन्द्रीय सदस्यमा सूर्य सुवेदी र अर्जुन पन्त निर्वाचित भएका छन्।

प्रतिष्ठान प्रदेशबाट पत्रकार महासंघको केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भए। ओली प्रेस सेन्टरका हुन भने शर्मा प्रेस चौतारी नेपाली हुन्। शर्मालाई प्रेस युनियन र चौतारीको समर्थन थियो।

Leave A Reply

Your email address will not be published.