आज देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ। महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
काठमाण्डौमा आज हिजोअस्तिको जत्तिकै चिसो रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो। काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ।