नेपाल प्रिमियर लिग, सुदूरपश्चिमलाई फाइनल पुग्न १४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई र जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ। त्रिवि मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेकोमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो । उसका जमिज नसीमले सर्वाधिक ४५ रन बनाए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे। यो जित्ने टोली सिधै फाइनल पुग्नेछ। भने हार्ने टोली एलिमिनेटरमा विजयी भएको कर्णाली याक्ससंग खेल्नेछ।

Leave A Reply

Your email address will not be published.