सुदूरपश्चिम रोयल्स, काठमाडौंमा जारि नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको फाइनलमा पुगेको छ। आज सम्पन्न पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर सुदूरपश्चिम उपाधि नजिक पुगेको हो।
जितका लागि पाएको १४० रनको लक्ष्य सुदूरपश्चिमले सहजै पार गर्यो। सुदूरपश्चिमको जितमा विनोद भण्डारीले अर्धशतकीय पारी खेले।
यसअघि त्रिवि मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेकोमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो। उसका जमिज नसीमले सर्वाधिक ४५ रन बनाए।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे। उपाधि जितेमा सुदूरपश्चिमले १ करोड १० लाख पुरस्कार पाउनेछ।