आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ। सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो।