ब्राईट फ्यूचर एकेडिमीको व्यवस्थापन र सल्लाहकार समिति गठन

बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको ब्राईट फ्यूचर एकेडिमीको व्यवस्थापन र सल्लाहकार समिति गठन गरिएको छ। बुधबार शिक्षक, विद्यार्थी र अभिभावकहरुको आमभेलाबाट व्यवस्थापन र सल्लाहकार समिति गठन गरिएको छ।

सरस्वती कार्किको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति र बेलु कुमारी भट्टको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको एकेडिमीका म्यानेजीङ डाईरेक्टर अर्जुन कुवरले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.