कलौनीले दिलाए नेपाललाई करातेमा स्वर्ण

बैतडी: भारतको कोलकत्तामा सम्पन्न इन्डो नेपाल मार्सल आर्ट तथा कराते खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा २०२४ मा नेपालले स्वर्णपदक जितेको छ। नेपालको तर्फबाट प्रतिनिधित्व गरेका राजेन्द्र कलौनीले कराते ९५ केजी तौल समूहबाट नेपाललाई स्वर्णपदक दिलाएका हुन्।

स्वर्णधारी कलौनीले नेपालको राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराई देशको गौरव उच्च बनेकोमा खुसी व्यक्त गर्नुभयो। कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघका बैतडीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ।

उहाँले यसअघि दक्षिण एसियाली खेलकुद सार्कमा पनि स्वर्णपदक दिलाउनुभएको थियो।

Leave A Reply

Your email address will not be published.