भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना, आज सामान्य बदली

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ। भोलि बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो।

भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो। यस्तै त्रिभुवन विश्वबिद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्रध्यापक डा। विनोद पोख्रेलले पर्सि शनिवार काठमाण्डौ उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको बताउनुभयो।

पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने मौसमविद् मानन्धरले भनाइ छ। पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने उहाँले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.