शहरी गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम कार्यक्रम सम्पन्न,१५१ जनाले लिए सेवा

बैतडी-बैतडीमा शहरी÷गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजना पाटन नगरपालिकामा एक दिने शहरी÷गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन सम्बन्धी बुधबार शिविर सम्पन्न भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका सुचना अधिकारी प्रकाशचन्द्र बोहराले बताउनुभयो ।

बातब्याधी , अम्लपित्त, श्वासकास, मधुमेह ,उच्चरक्तचाप, अर्श, प्रदर, पत्थरी आदि रागेहरुको सेवाग्राहीको चेकजाँच गरि रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधी प्रदान गरि १ सय ५१ जना सेवाग्राहीहरुले उपचार सेवा लिएको सुचना अधिकारी प्रकाशचन्द्र बोहराले बताउनुभयो ।
केन्द्रले शिरोधारा, नश्य, स्वेदन, तेल मालिस लगायतका उपचारका प्रक्रियाद्वारा बिरामीलाई सेवा दिदैं आई रहेको छ।जिल्लाका विभिन्न स्थानहरुमा आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरू रहेका छन ।

पाटन नगरपालिका नगर उप प्रमुख कमल सिंह बोहरा(अपी) को प्रमुख आथित्यता र वडा न-१ का वडा अध्यक्ष तर्क सिंह ठगुन्ना वडा न-६ का वडा अध्यक्ष राजेन्द्र सिंह विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रमको उदघाटन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.