बैतडीमा एक बालकको शंस्कापद मृत्यु, स्थानीयद्धारा सडक अबरुद्ध

बैतडी: वर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको आरोप लगाउदै बैतडीमा स्थानीयहरुले सडक अबरुद्ध पारेका छन्। आज दिउँसो १२ बजेदेखि गोकुलेश्वर-गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका हुन्।

जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको गएराती मृत्यु भएको थियो। यस घटनाको निस्पक्ष छानबिन हुनुपर्ने र क्षतिपुर्तीको मागसहित सडक अबरुद्ध पारिएको स्थानीय ध्रुव रानाले जानकारी दिए।

बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी-३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो। त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो।

त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो। त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा नं २ का वडा अध्यक्ष नवराज घरडी र वडा नं ३ का वडा अध्यक्ष रघुबिर बोहरासहितको सडक अबरुद्ध पारिएको स्थानमा पुगेका छन्। स्थानीयहरुसँग छलफल भइरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.