बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा- बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका – १ का अन्दाजी ४० वर्षका नृपराज रेग्मीको भीरबाट लडेर मृत्यु भएको हो। गाउँ नजिकै माछा मार्न गएका रेग्मीको बिहीबार बिहान भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनाको प्रकृति हेर्दा भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.