विद्यालयमा गत शैक्षिक सत्रको समिक्षा तथा चालु शैक्षिक सत्रको कार्ययोजना बारे अभिभावक संग अन्तरक्रिया 

बैतडी-जिल्लाको मेलौली नगरपालिका-७ स्थित मणिलेक नमुना माध्यमिक विद्यालयमा गत शैक्षिक सत्रको समिक्षा तथा चालु शैक्षिक सत्रको कार्ययाजना सम्बन्धी अभिभावक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सिंह भाटको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक नगर प्रमुख तथा मेलौली नगरपालिका वडा- ७ का वडा अध्यक्ष रामचन्द्र भट्टको प्रमुख आतिथ्यता रहेकोे थियो।

अन्तरक्रिया कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष सुरेन्द्र सिंह भाट विद्यालयका प्रधानाध्यापक देव दत्त कलौनी अभिभावकहरु,सरोकारवाला लगायतको उपस्थिति रहेको थियो। अभिभावले शैक्षिक सुधारको विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुको भर्खरै गत शैक्षिक सत्रको प्रगती र चालु शैक्षिक सत्रमा सुधार गर्नुपर्ने पक्ष माथि पनि छलफल गरिएको छ।

 

शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयहरूमा अभिभावकको भरोसा रहेको र सरोकारवाला सबैले शैक्षिक सुधारका लागि प्रयास गर्नुपर्ने प्रधानाध्यापक देव दत्त कलौनी बताउनुभयो ।

साथै गुणस्तरीय शिक्षा हासिल गर्नका लागि बिद्यार्थी अभिभावक र सरोकारवाला पक्षको साथ चाहिने प्रधानाध्यापक कलौनीले बताउनुभयो ।

त्यसैगरी गत शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थी र विद्यालय भरिमा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो

Leave A Reply

Your email address will not be published.