हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय


बैशाख १४, बुधबार २०७९
काठमाण्डौ – सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताए । यो बिदा परीक्षणका रूपमा रहने उनले बताए ।

Leave A Reply

Your email address will not be published.