च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज लिभरपुल र भिल्लारियल खेल्दै


बैशाख १४, बुधबार २०७९

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज बुधवार लिभरपुल र भिल्लारियल खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

इङ्लिस क्लब लिभरपुल बेन्फिकालाई हराउँदै र स्पेनिस क्लब भिल्लारियल जर्मनीको बार्यन म्युनिखलाई हराएर अन्तिम चारमा पुगेको हो । लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्लारियलले अहिलेसम्म उपाधि जितेको छैन ।

गए राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्ट सिटीले रियल मड्रिडलाई चार–तीन गोलले हराएको छ ।

Leave A Reply

Your email address will not be published.