एनपीएल : कर्णालीलाई ३ विकेटले हराउँदै विराटनगरको रोमाञ्चक जीत

नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा विराटनगर किङ्ग्सले कर्णाली याक्स ३ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ। कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो।

विराटनगरका बसिर अहमदले अविजित ६२ रन बनाए । यस्तै नारायण जोशीले २५ रन बनाए। कर्णालीका सोमपाल कामी र गुलशन झाले समान २, पवन सर्फ, विलियम वोसिस्टो र नन्दन यादवले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६० रन बनायो । कर्णालीका प्रियांक पाञ्चालले ४७ बलमा ६३ रन, विलियम बोसिस्टोले ४८ बलमा नटआउट ४८ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले समान १ विकेट लिए।

यो जीतसँगै एनपीएल तालिकामा विराटनगर पाँच खेलमा ८ अङ्कसहित दोस्रो र कर्णाली चार खेलमा २ अङ्कसहित पाँचौ स्थानमा यथावत् छ। यस्तै आजै भएको पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । एनपीएलमा काठमान्डुको यो तेस्रो जीत हो।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन्। यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ।

Leave A Reply

Your email address will not be published.