गीता जयन्ती र वर्तमान समयमा गीता अध्ययनको आवश्यकता

‎कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
‎मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
‎

‎वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ श्रीमद्भागवत गीता पादुर्भाव भएको दिनको सम्झनामा आज ५१६२ औँ गीता जयन्ती मनाउँदैछौँ । हिन्दू सभ्यता, दर्शन, नैतिकता र आध्यात्मिक साधनाको अद्वितीय ग्रन्थ हो। ७०० श्लोकको यो ग्रन्थ महाभारतको भीष्म पर्वको एक अंश हो, जुन व्यास ऋषिले रचना गरेका हुन्। संसारका सबै महान् दार्शनिक, वैज्ञानिक र चिन्तकहरुले गीतालाई ‘जीवन दर्शनको अनन्त स्रोत’ भनेर सम्मान गरेका छन्। यसको शिक्षाले मानिसलाई संकट, निराशा, द्वन्द्व र भ्रमको समयमै मार्गदर्शन दिन्छ। गीता कुनै जाति, धर्म वा समुदायमा सीमित ग्रन्थ होइनस यसको सन्देश मानवजातिमै लागू हुने सार्वभौमिक ज्ञान हो।
‎
‎वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यो जयन्ती मनाउन उपयुक्त हुन्छ । आजभन्दा पाँच हजार एकसय तेत्तीस वर्ष पहिले मार्ग शुक्ल एकादशीको दिन पाण्डव र कौरवको बीचमा महाभारत युद्धका समयमा भगवान विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्मलिन पुगेका भगवान श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुन मार्फत गीता ज्ञानाको पुनर जागरण गरेको धार्मिक विस्वास रही आएकी छ ।

‎कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तहरुसँग लड्न तयार नभएपछि भगवान श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान नै गीता हो ।
‎

‎अहिलेको समयमा श्रीमद्भगवत गीता पढ्न किन आवश्यक छ रु भन्ने खुलदुली हाम्रो मनमा आउन स्वाभाविकै हो ।

‎मन कसरी शान्त राख्ने?
‎कठिनाईमा कसरी धैर्य धारण गर्ने?
‎सुख दुस्खमा कसरी संयमित हुने रु लगाएतका प्रश्नहरु हाम्रो जीवनमा उठ्ने गर्दछन।

‎श्रीमद्भागवत गीता मानव जीवनलाई सही दिशातर्फ डो–याउने अद्भुत ज्ञानको स्रोत हो। गीता अध्ययनले पहिलो रूपमा मानिसलाई आत्मचेतना र आत्मपहिचानबारे जागरूक बनाउँछ। जीवनका कठिनाइ, समस्याहरू तथा द्विविधामा परेका बेला गीता मार्गदर्शन जस्तै काम गर्छ। यसले कर्मको मूल्य, कर्तव्यप्रति निष्ठा र परिणामबाट निरपेक्ष भएर कार्य गर्ने शिक्षादिन्छ, जसले मानिसलाई तनाव, भ्रम र निराशाबाट जोगाउँछ।

‎‎गीता अध्ययनले मानसिक शान्ति र स्थिरता प्रदान गर्छ। क्रोध, लोभ, मोह जस्ता नकारात्मक भावनालाई नियन्त्रण गर्ने उपाय यसले सिकाउँछ। अध्यात्मिक रूपमा, गीता भगवानप्राप्ति, भक्ति, ज्ञान र योगका विभिन्न मार्ग बताउँदै मानिसलाई आन्तरिक रूपमा सबल र धैर्यवान बनाउँछ।

‎‎शिक्षा, समाज, राजनीति वा परिवार जस्ता कुनै पनि क्षेत्रमा गीता सिकाएको ूसदाचार, सत्यता र कर्मयोगू अत्यन्तै उपयोगी मानिन्छ। यसको अध्ययनले मानिसलाई सकारात्मक सोच, सहिष्णुता र जीवनलाई सही तरिकाले हेर्ने दृष्टिकोण दिन्छ।

अन्ततः, गीता केवल धार्मिक ग्रन्थ मात्र नभई व्यावहारिक जीवनका लागि सार्वकालिक मार्गदर्शक पुस्तक हो। आजको व्यस्त, तनावपूर्ण र प्रतिस्पर्धात्मक जीवनमा गीता अध्ययनले मन, बुद्धि र जीवनलाई सन्तुलित राख्न मद्दत गर्छ।

‎आजको द्रुतगतिमा बदलिँदो जीवनशैली, तनाव, प्रतिस्पर्धा र अनिश्चितताले भरिएको समयमा श्रीमद्भागवत गीता अध्ययन गर्नु अत्यन्तै आवश्यक मानिन्छ। गीता केवल धार्मिक ग्रन्थ मात्र नभई जीवन चलाउने मार्गदर्शन हो। आधुनिक समयमा मानिसले मानसिक शान्ति, अनुशासन, सकारात्मक सोच र नैतिक मूल्यहरूको खाँचो बढी महसुस गरिरहेको छ। गीता यही आवश्यकता पूरा गर्ने शाश्वत ज्ञानको स्रोत हो।
‎
‎गीताले कर्मयोग, भक्तियोग र ज्ञानयोगजस्ता मूल शिक्षामार्फत मान्छेलाई आफ्नो कर्तव्यमा दृढ, निस्वार्थ र सत्यनिष्ठ बन्न प्रेरित गर्छ। जब मानिस जीवनका संकट, द्विविधा वा तनावमा पर्छ, गीता उसको मनोबल बढाउने एक बलियो आधार बन्छ। सामाजिक अशान्ति, नैतिक अवमूल्यन र भौतिकताबाट भरिएको वर्तमान युगमा गीताको शिक्षाले समभाव, सहिष्णुता, कर्तव्यनिष्ठा र आत्म(चिन्तन जस्ता गुणहरू विकास गराउँछ।
‎
‎साथै, गीता अध्ययनले युवालाई सही जीवन–दृष्टि, निर्णय क्षमता र मूल्ययुक्त व्यवहारतर्फ उन्मुख गराएर समाज र राष्ट्र निर्माणतर्फ प्रेरित गर्छ। त्यसैले, आजको समयलाई अर्थपूर्ण, अनुशासित र शान्त बनाउन श्रीमद्भागवत गीता अध्ययन गर्नु अत्यावश्यक उद्देश्य र आवश्यकता बनेको छ।
‎
‎देबेन्द्र दत्त भट्ट
‎मेलौली , बैतडी

Leave A Reply

Your email address will not be published.