एनपीएल: आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन्।

चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जाड्दै तालिकाको चौथो स्थानमा छ। लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ।

यस्तै आजै हुने अर्को खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन्। दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ।

पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौं स्थानमा छ। कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ। कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौं स्थानमा छ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै सुदूरपश्चिम रोयल्स १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। यस्तै काठमाण्डौ गोर्खाज ६ खेलमा ८ अङ्कसहित दोश्रो, विराटनगर ५ खेलमा ८ अङ्कसहित तेश्रो र लुम्बिनी लायन्स ५ खेलमा ४ अङ्कसहित पाँचौ स्थानमा ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.