बैतडीको पुर्चौंडीमा भीरबाट लडेर महिलाको मृत्यु

बैतडी-बैतडीको पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। निधन हुनेमा २७ वर्षीया मञ्जु कामी रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खस्दा उनको ज्यान गएको बताइएको छ।

उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको बताइएको छ।मञ्जुका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.