एनपीएल इलिमिनेटर : काठमान्डुले दियो लुम्बिनीलाई १ सय १२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो। काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३र३ विकेट लिए।

यो खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ। आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ। दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ।

Leave A Reply

Your email address will not be published.