राष्ट्रिय लोक–सञ्चारकर्मी नेपाल सुदूरपश्चिमको अध्यक्षमा ओझा, उपाध्यक्षमा विसी

बैतडी: राष्ट्रिय लोक–सञ्चारकर्मी नेपाल सुदूरपश्चिम कार्य समितिको गठन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको कार्यसञ्चालन, संगठन विस्तार र लोक–सञ्चारकर्मीको हकहित संरक्षण गर्ने उद्देश्यसहित समितिको गठन भएको छ।

समिति गठनका लागि बसेको औपचारिक कार्यक्रम सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष ध्रुव ओझालाई अध्यक्षमा चयन गर्दा केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, केन्द्रीय सचिव कमल सरगम सँगै संस्थापक उपाध्यक्ष गोविन्द रोयाराको विशेष आतिथ्यतामा नयाँ समिति गठन भएको थियो।

नवगठित समितिमा अध्यक्षमा ध्रुव ओझा, उपाध्यक्षमा लक्ष्मण बीसी, सचिवमा पवित्रा खड्का, सह–सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा दिपक भट्ट, प्रवक्तामा रमिता बिक लगायत अन्य चयन भएका छन्। सदस्यहरूमा बसन्त खड्का, गौरब चन्द,सपना खाती, राम बहादुर बिक रहेका छन्। साथै रितु पाण्डेय, कमला भट्टराई, केशब धामी, नरमाया कार्की, हिना भण्डारीको पनि नव गठित समितिमा उपस्थिति रहेका थिए ।

समितिले आगामी कार्ययोजना, सुदूरपश्चिममा लोक–सञ्चार अभ्यासको प्रवर्द्धन, सदस्य अभिवृद्धि कार्यक्रम सञ्चालन, स्थानीय संस्कृतिसँग सम्बन्धित सामग्री उत्पादन र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी नव नियुक्त अध्यक्ष धुर्ब ओझाले बताएका छन ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले सुदूरपश्चिम प्रदेशमा लोक–सञ्चारकर्मीको सक्रियता र क्षमता वृद्धि संस्थाको प्रमुख लक्ष्य भएको बताउँदै भने, “सुदूरपश्चिममा हाम्रो संगठनले धेरै सम्भावना बोकेको छ। यहाँका लोक–सञ्चारकर्मीले बोकेको मौलिक संस्कृति, भाषा र परम्परा हाम्रो पहिचान हो। नयाँ समिति गठनसँगै प्रदेशभित्रको लोक–सञ्चार गतिविधि थप व्यवस्थित, सक्षम र व्यवहारिक बन्ने बताएका छन। संगठनले यहाँका सञ्चारकर्मीलाई आवश्यक प्रशिक्षण, अवसर र सहयोग उपलब्ध गराउँदै राष्ट्रिय स्तरमै पहिचान स्थापित गर्न सहयोग पुर्‍याउने बताएका छन।”

त्यसैगरी, केन्द्रीय सचिव कमल सरगमले सुदूरपश्चिम समितिको भूमिकालाई महत्वपूर्ण बताउँदै भने,“लोक–सञ्चारकर्मी नेपालको सुदूरपश्चिम समिति हाम्रो संरचनाको मेरुदण्ड सरह रहेको बताएका छन। यो प्रदेश सांस्कृतिक विविधता, लोककला र मौलिकतो धनी छ। यहाँका सबै सञ्चारकर्मीलाई एकताबद्ध गर्दै लोक–कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने कामलाई नयाँ समितिले अझ प्रभावकारी बनाउनेछ। संगठनले केन्द्रदेखि प्रदेशसम्म सहकार्यका कार्यक्रम विस्तार गरी सञ्चारकर्मीको हकहित, सीप विकास र अवसर सुनिश्चित गर्न प्रतिबद्ध रहने समेत बताएका छन।

Leave A Reply

Your email address will not be published.