बैतडीको मेलौकी नगरपालिका–२ स्थित सुदर्सन मावि लिखोडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पुनः गगन सिंह भाट सर्वसम्मत चयन भएका छन्।
विहिबार भएको अभिभावक भेलाले भाटलाई दोस्रो पटक अध्यक्षका लागि सर्वसम्मत चयन गरेको हो। भाटको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
भाटको नेतृत्वमा सुदर्सन मावि निरन्तर रुपमा अगाडि बढीरहेकाले अभिभावकहरुको भेलाले पुनः भाटलाई अध्यक्षमा चयन गरेको हो । अभिभावक, शिक्षक र विद्यार्थीहरुसंगको सहकार्यमा अझै पनि विद्यालयलाई नयाँ उचाइमा पुर्याउने आफ्नो योजना रहेको अध्यक्ष भाटले बताउनुभयो