आज नेपालमा २५ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै

आज २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९९० मा राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखमा यो दिवस मनाइन्छ।

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आप्रवासी श्रमिकका अधिकार सुनिश्चित गर्न कानुनी सुधारको माग गर्दै आएका छन्। सरकारको ध्यानाकर्षण गराउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देश जाने प्रक्रियालाई आप्रवासन भनिन्छ। आप्रवासी गएको देशको कानुनअनुसार सेवा, सुविधा र सम्मान पाउनुपर्छ भन्ने सन्देश यो दिवसले दिने गरेको छ।

सन् २००० देखि हरेक वर्ष यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपाली श्रमिकहरु खाडी देशहरु, मलेसिया, दक्षिण कोरिया, युरोप र अमेरिकामा काम गर्छन्। नेपालीहरू विश्वका झन्डै एक सय ९० देशमा पुगेका छन्। वैदेशिक रोजगारीमा गएका श्रमिकले दैनिक रूपमा श्रम शोषण, पारिश्रमिक नपाउने, स्वास्थ्य सेवा नपाउने जस्ता समस्या भोगिरहेका छन्। उनीहरुले पठाएको विप्रेषण देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको छ।

Leave A Reply

Your email address will not be published.