रास्वपा सभापति लामिछानेलाई २ करोड ६८ लाख जमानतमा छोड्न आदेश

रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ६८ लाख जमानत राखेर छोड्न अदालतले आदेश दिएको छ। उच्च अदालत बुटवलकाअनुसार रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो।

रास्वपा सभापति लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदनमाथि उच्च अदालत, बुटवलमा भएको सुनुवाइसँगै धरौटी बिगो बुझाएर लामिछानेलाई रिहा गर्न आदेश दिइएको हो। लामिछाने र जोशीले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए।

आजको सुनुवाइमा लामिछानेका तर्फबाट अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, दीपेन्द्र झा, महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए। यस्तै जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए।

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले र जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस गरेका थिए। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको रिट निवेदनलाई जिल्ला अदालतले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका थिए।

Leave A Reply

Your email address will not be published.