आज १३ औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै

विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन।

विगतमा राष्ट्रिय पोशाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान शुरू गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.