बैतडीको सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुन माविले जित्यो

बैतडी–बैतडीको सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुन मावि गाँजरीले हात पारेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ३ कास्यसहित १९ पदक जितेर अर्जुन मावि प्रथम भएको हो ।

यस्तै ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी १३ पदक जितेर शिवलिङ्ग मावि धौलाडी दोश्रो भएको छ । यस्तै ३ स्वर्ण, ४ रजत र ४ कास्य गरी ११ पदक जितेर भुवन भाष्कर मावि चमडेखर्क तेश्रो भएको छ ।

गएको बुधबारदेखि अर्जुन मावि गाँजरीको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुबाट छनौट जिल्लास्तरीय प्रतियोगिताका लागि सिगास गाउँपालिकाको टीम तयार पारिने जनाइएको छ ।

 

Leave A Reply

Your email address will not be published.