कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै छ ।

आज दिउँसो तराई भागका केही ठाउँमा हुस्सुरकुहिरो कायमै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४।९ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो ।

Leave A Reply

Your email address will not be published.