कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्ने

नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मेरो २१ दिन भन्ने अभियान शुरू गर्ने भएको छ। आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले चुनावलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकले पारित गरेको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ को बुँदा नम्बर २१ मा यो विषय उल्लेख गरिएको छ। निर्देशिकाअनुसार जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ भन्ने नीतिअन्तर्गत पार्टीका सबै सदस्य फागुन १ देखि २१ गतेसम्म चुनावका लागि खट्नेछन्। निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा खटाएकाबाहेक सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने व्यवस्था कांग्रेसले गरेको छ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिले यस्तो नीति बनाएको हो। एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर हाम्रो वडा हामी जिताउँछौँ भन्ने उद्घोषका साथ आ–आफ्नै वडामा खट्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.