इटलीले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं- टी–२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दैछ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुने खेलमा नेपालले टस हारेको छ। इटलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला व्याटिङ गर्ने भएको हो।

नेपालले टी–२० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो। तर, ५० ओभरको प्रारुपमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन्।

इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ। जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको थियो।

Leave A Reply

Your email address will not be published.