कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ। तराईका केही ठाउँमा दिउँसोसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि तराईका केही ठाउँमा तुँवालो लाग्ने अनुमान छ।
यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने छ भने अन्य भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। तराईमा बिहानपख लाग्ने हुस्सु तथा कमजोर हावाका कारण वायु प्रदूषणको मात्रा बढ्न सक्ने अनुमान छ।
बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। देशभर अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।