बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी — बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । ‘आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा छ भन्ने खबर गरेपछि प्रहरी गएको हो,’ उनले भने, ‘अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।’

शव जिल्ला अस्पताल बैतडीमा राखिएको र भोलिमात्रै पोस्टमार्टम गरिने उनले बताउनुभयो । सदरमुकाम घर नजिक भएका निर्वाचन प्रहरी डिउटी सकेर घरमै खाना खान जाने गर्थे । केही दिन पहिले निर्वाचन प्रहरीकै तालिमकै समयमा दशरथचन्द नगरपालिका–४ कै अर्का एकजना निर्वाचन प्रहरीको पनि घर जाने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.