नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ।
पूर्वसभापति देउवा बुधबार राति साढे ११ बजे सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले जनाएको हो। आम निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहेको अवस्थामा पूर्वसभापति देउवा एक्लै सिंगापुर प्रस्थान गर्नुभएको छ। पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उठेको पार्टीमा चर्चा भइरहेको छ।
यद्यपि पूर्वसभापति देउवा यसअघि पनि पटक-पटक स्वास्थ्य उपचारको लागि सिंगापुर जाने गर्नुभएको थियो गत भदौमा भएको जेनजी विद्रोहका क्रममा घाइते समेत हुनुभएको थियो। त्यसपछि उपचार गर्नका पनि भारत नै जानुभएको थियो। केही महिना अघि मात्रै पार्टीको विशेष महाधिवेशनबाट गगन थापा सभपति चयन भएसँगै देउवा सक्रिय राजनीतिकबाट ओेझेलमा पर्नुभएको छ।