अन्तर्राष्ट्रिय सीमानाका बन्द

अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा हिजो राति १२ बजेदेखि सीमानाका बन्द हुने भएका छन। । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सिफारिसमा सरकारले सीमानाका बन्द गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा निर्देशिकामा मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । मतदान सकिएपछि मात्रै नाका खुल्ला हुनेछन् ।

Leave A Reply

Your email address will not be published.