प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ
निर्वाचित २ सय ७४ जना सांसदले भने भोलि शपथ लिने
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा ७८ वर्षीय केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २७५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकतर्फबाट ११० जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो ।ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोलि बिहीवार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
सांसदहरूले शपथ लिएको भोलिपल्ट अर्थात् १३ गते शुक्रवार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ ।