शोकमा डुबेको परिवारलाई सिवाइसी नेपालको साथ र सहयोग

बैतडीको मेलौली नगरपालिका–०१ निवासी मनिषा बिष्टका श्रीमान् स्वर्गीय भरत सिंह बिष्टको बाइक दुर्घटनामा परी अल्पायुमै निधन पश्चात् परिवार शोकमा डुबेको छ। परिवार शोकमा रहेका बेला सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीले साथ र सहयोग गरेको छ।

दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै सिवाइसी नेपाल लघुवित्तले मृत्यु राहत स्वरूप १२ हजार ५०० रुपैयाँ किरिया खर्च तथा फोटो फ्रेम प्रदान गरेको छ। शाखा प्रमुख मनोज भाट र कर्मचारी दीपक प्रसाद भट्ट तथा स्थानीयहरूको उपस्थितिमा मृतकको घरमै पुगेर शोकसभा आयोजना गरी राहत वितरण गरिएको शाखा प्रमुख भाटले जानकारी दिनुभयो।

सिवाइसी नेपालले आफ्ना सदस्यहरूको दुःखमा साथ दिँदै राहत सहयोग प्रदान गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.