आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशका पहाडी तथा हिमाली थोरै क्षेत्रमा आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ।

अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका विभिन्न ठाउँमा आंशिक बदली लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा बिहान र गएराति मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भएको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

तराईको मौसम मुख्यतया सफा रहने अनुमान छ।

Leave A Reply

Your email address will not be published.